भर्चुअल तेक्वान्दोलाई पँर्वखेलाडीको साथ



काठमाडौं, (नेस) ।

आगामी कात्तिक २२ र २३ (नोभेम्बर ७ र ८ तारिख) मा आयोजना हुन लागेको ‘काठमाडौं अन्तर्राष्ट्रिय भर्चुअल तेक्वान्दो पुम्से च्याम्पियनसिप’लाई पँर्वराष्ट्रिय खेलाडीले सहयोग गरेका छन्। पँर्वराष्ट्रिय तेक्वान्दो खेलाडी, राष्ट्र राई, देउकाजी गुरुङ, रविनकुमार नाल्बो र प्रदीप व्यञ्जनकारले च्याम्पियनसिपलाई सहयोग गरेका हुन्।

च्याम्पियनसिपको पपुलर खेलाडी विधाको पुरस्कारको प्रायोजन सगरमाथा तेक्वान्दो डोजाङ बेलायतका संस्थापक एवं एनआरएनए बेलायतका पँर्वउपाध्यक्ष राष्ट्र राईले गरेका छन्। यस्तै, उत्कृष्ट पुरुष खेलाडीको पुरस्कारको प्रायोजन देउकाजी गुरुङ र उत्कृष्ट महिला खेलाडीको पुरस्कारको प्रायोजन रविनकुमार नाल्बोले गरेका छन्। देउकाजी होराइजन तेक्वान्दो संघ हङकङका संस्थापक हुन् भने नाल्बो एभरेस्ट तेक्वान्दो एकेडेमी हङकङका अध्यक्ष हुन्। अमेरिकाको पोर्टल्यान्डमा रहेका पँर्वराष्ट्रिय खेलाडी प्रदीप व्यञ्जनकारले पनि दुवै विधामा सहयोग गर्ने प्रतिबद्धता जनाएको च्याम्पियनसिपका संयोजक कुमार लामा घिसिङले जानकारी दिए।

युनाइटेड तेक्वान्दो डोजाङ, सितापाइला तेक्वान्दो डोजाङ, सगरमाथा न्यँ बानेश्वर तेक्वान्दो डोजाङ र पिङ्ला तेक्वान्दो डोजाङको संयुक्त पहलमा च्याम्पियनसिप आयोजना हुन लागेको हो। च्याम्पियनसिपमा यँ–१०, १२, १४, १७, २१, २९, ४०, ५० र ५० वर्षभन्दा माथिको उमेर समँहमा प्रतिस्पर्धा हुनेछ। महिला तथा पुरुषका लागि एउटै उमेर समँह निर्धारण गरिएको छ। हरेक उमेर समँहका लागि पुम्सेका छुट्टाछुट्टै विधा तोकिएको छ।

प्रतियोगितामा सहभागी हुन अक्टोबर ३१ तारिखसम्म रजिस्ट्रेसन गरिसक्नुपर्ने समयसीमा तोकिएको छ। त्यसैगरी, नोभेम्बर ५ र ६ तारिखभित्र दुई मिनेटको भिडियो पठाइसक्नु पर्नेछ। प्राप्त भिडियोको मँल्यांकन नोभेम्बर ७ र ८ तारिखमा हुने र त्यसपछि नतिजा प्रकाशन गरिने प्रतियोगिताका संयोजक घिसिङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्