बैंगलोरसँग कोलकाता ८ विकेटले हार्‍यो



दुबई, (एजेन्सी) ।

घातक बलिङको सहयोगमा रोयल च्यालेन्जर्स बैंगलोरले जारी आईपीएलअन्तर्गत बुधबार रातिको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले हराएको छ।

टस जितेर ब्याटिङ गरेको कोलकाताले मात्र ८५ रन जोड्न सक्यो। ८६ रनको सानो लक्ष्य पाएको बैंगलोरले २ विकेटको क्षतिमा १३ दशमलव ३ ओभरमा जित हात पारेको छ। यो सिजनको हालसम्ममा सानो लक्ष्य हो। यसअघि जारी सिजनमा चेन्नई सुपर किंग्सले राजस्थान रोयल्सलाई १ सय २६ रनको लक्ष्य दिएको थियो।

बैंगलोरका लागि देवदत्त पडिक्कलले २५ रन, एरोन फिन्चले १६ रन, गुरकिरत सिंहले २१ रन र विराट कोहलीले १८ रन जोडेका थिए। कोलकाताको बलरमा लोकी फग्र्युसनले एक विकेट लिएका थिए। फग्र्युसनले फिन्चलाई आउट गरे भने पडिक्कललाई पेट कमिन्सले रनआउट गरेका थिए। बैंगलोरका तीव्र गतिका बलर मोहम्मद सिराज म्यान अफ द म्याच घोषित भए।

सिराजले ४ ओभरमा ८ रन दिएर ३ विकेट लिएका थिए। उनले सो खेलमा दुई मेडन फ्याँकेका थिए। योसँगै उनी आईपीएलमा एकै ओभरमा दुई मेडन फ्याँक्ने पहिलो बलरसमेत बने। बैंगलोरका बलरले कोलकाताविरुद्धको सो खेलमा चार मेडन फ्याँकेका थिए। क्रिस मारिस र वासिङ्टन सुन्दरले एक/एक मेडन ओभर गरेका थिए।

आईपीएलको इतिहासमा सबैभन्दा सानो लक्ष्य २०१७ को संस्करणमा निर्धारित भएको थियो। त्यतिबेलाको प्रतियोगितामा रोयल च्यालेन्जर्स बैंगलोरले न्यँन स्कोर बनाएको थियो। बैंगलोरले कोलकाता नाइट राइडर्सविरुद्ध ४९ रनको लक्ष्य दिएको थियो। तीन वर्षपछि सोही खेलको रिभर्स भएको छ। यसपटक बैंगलोर कोलकतामाथि हावी भयो।

कोलकाताले १४ रनमै चार विकेट गुमाएपछि दबाबमा खेल्नुपरेको थियो। शुभमन गिल १, राहुल त्रिपाठी १, नितिश राणा शँन्य र टम बेन्टन १० रनमा आउट भए। सिराजले इनिङको दोस्रो ओभरमा लगातार दुई बलमा दुई विकेट लिएर कोलकातालाई ठँलो झट्का दिए। उनले राहुललाई विकेटकिपर एबी डिभिलियर्सद्वारा क्याच गराएका थिए। अर्को बलमा उनले राणालाई खाता पनि खोल्न दिएनन्। र, उनी क्लिन बोल्ड भए।
निकै दबाबमा खेलेको कोलकाता टिमका लागि कप्तान इयान मोर्गानले सबैभन्दा बढी रन बटुलेका थिए। उनले ३० रन बनाएका थिए। अन्यमा दिनेश कार्तिक र पेट कमिन्स ४–४ रनमा पवेलियन फर्केका थिए। बैंगलोरको बलरमा सिराजको अलावा युजवेन्द्र चहलले २ विकेट लिएका थिए।

आईपीएलमा सानो लक्ष्य

स्कोर टिम ओभर प्रतिद्वन्द्वी टिम वर्ष

४९ रोयल च्यालेन्जर्स बैंगलोर ९ दशमलव ४ कोलकाता नाइट राइडर्स २०१७
५८ राजस्थान रोयल्स १५ दशमलव १ रोयल च्यालेन्जर्स बैंगलोर २००९
६६ दिल्ली डेयरडेभिल्स १३ दशमलव ४ मुम्बई इन्डियन्स २०१७
६७ दिल्ली डेयरडेभिल्स १७ दशमलव १ किंग्स इलेभेन पन्जाब २०१७
६७ कोलकाता नाइट राइडर्स १५ दशमलव २ मुम्बई इन्डियन्स २०१७

प्रतिक्रिया दिनुहोस्