हेटौंडा, (नेस) ।
हाल यूएईमा चलिरहेको इन्डियन प्रिमियर लिग (आईपीएल) खेलमा सट्टाबाजी खेलिरहेका पक्राउ परेका छन्।
कलैयास्थित बजारमा केही मानिसले सट्टाबाजी खेलिरहेको प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो।
गोप्यरूपमा बुझ्दै जाँदा जिल्ला बारा कलैया उमनपा–१ राजदेवी टोलस्थित राजुकुमार यादवको घरमा किंग्स इलेभेन पन्जाब र दिल्ली क्यापिटल्स टिमबीच भइरहेको खेलमा सट्टाबाजी खेलिरहेका घरधनी वर्ष २५ का यादव, वर्ष २७ का दीपककुमार सर्राफ र वर्ष २९ का रवि दासलाई नियन्त्रणमा लिइएको छ।
उनीहरूको शरीर तथा घरकोठा तलासी लिँदा उनीहरूको साथ तथा कोठाबाट सट्टाबाजी खेल्न प्रयोग गरिएको विभिन्न बैंकको चेक, नगद एक लाख ७७ हजार ५० रुपियाँ फेला परेपछि पक्राउ गरिएको जनाइएको छ।
ती सामान र नगद बरामद गरी सट्टाबाजी खेल्नेलाई सट्टाबाजी मुद्दाअन्तर्गत बारा जिल्ला अदालतबाट हिरासतमा राख्ने अनुमति लिएर हिरासतमा राखी थप अनुसन्धान भइरहेको छ।