क्रिष्टियानो रोनाल्डोलाई कोरोना संक्रमण



 एजेन्सी । विश्व चर्चित फुटबलर क्रिष्टियानो रोनाल्डोलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। मंगलबार रोनाल्डोलाई संक्रमण पुष्टि भएको हो ।
रोनाल्डोको कोरोना परिक्षण नतिजा पोजेटिभ आएपनि हालसम्म उनलाई कुनै लक्षण नदेखिएको जनाएको छ । पोर्चुगल तथा युभेन्ट्सका स्टार फुटबलर रोनाल्डोले आइतबार राति फ्रान्सविरुद्व मैदान उत्रिएका थिए । नेसन्स लिग अन्तर्गतको उक्त खेल गोलरहित बराबरी भएको थियो ।
पटकका बालन डि ओर विजेता रोनाल्डोलाई कोरोना पुष्टि भएसँगै अबको केही दिन आईसोलेसनमा बस्ने छन् । रोनाल्डोलाई सेल्फ आइसोलेसनमा बस्नका लागि घर पठाइएको छ । रोनाल्डोलाई संक्रमण भएसँगै उनले अब पोर्चुगलले बुधबार खेल्ने खेलसँगै क्लब फुटबलमा पनि केहि खेल गुमाउने छ ।
यूईएफए नेसन्स लिग अन्तर्गत बुधबार स्विडेनको सामना गर्ने तयारी गरिरहेको पोर्चुगलको टोलीका अन्य सदस्यमा भने संक्रमण देखिएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्