इंग्ल्यान्डद्वारा वेल्स सहजै पराजित



एजेन्सी ।

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा इंग्ल्यान्डद्वारा वेल्स सहजै पराजित भएको छ । बिहिबार राति भएको खेलमा इंग्ल्यान्डले पाहुना टोली वेल्सलाई आफ्नो घरेलु मैदानमा ३–० गोलअन्तरले सहजै हराएको हो ।

इंग्ल्यान्डलाई जित दिलाउन राष्ट्रिय टिमबाट डेब्यु खेल खेलेका डोमिनिक काल्भर्ट लेविन, कोनर कोआडे र ड्यानी इंग्सले समान एक-एक गोलको योगदान गरेका थिए ।

इंग्ल्यान्डका लागि खेल सुरु भएको २६औं मिनेटमा वेल्सको फितलो रक्षापंक्तिको फाइदा उठाउँदै डेब्यु खेलाडी लेविनले गोल गर्दै अग्रता दिलाएका थिए ।

त्यसपछि ५३औं मिनेटमा ट्रिपिएरको फ्रि किकबाट उपलब्ध बलमा कोनर कोआडेले गोल गरेर इंग्ल्यान्डकाे अग्रता २–० बनाए ।

त्यसपछि खेलको ६३औं मिनेटमा ड्यानी इंग्सले टेरन मिङ्सले दिएको हेडिङ पासमा गोल गरेपछि ३–० को सहज सम्भव भयो ।

प्रतिक्रिया दिनुहोस्