नुवाकोटकी २८ वर्षीया महिलाले ५ शिशुलाई जन्म दिइन्



न्युज अफ नेपाल, काठमाडौ ।

बिरलै हुने प्रसुति मध्ये सोमबार थापाथलीकोे परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालमा एक २८ वर्षकी महिलाले पाँच शिशुको जन्म दिनुभयो ।

नुवाकोटकी २८ बर्षीया सोमिका तामाङको गर्भमा रहेको ५ शिशुलाई प्रसुती तथा स्त्री रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा सोमबार बिहान शल्यक्रिया मार्फत निकालिएको हो । शल्यक्रियामा डा. दिप्ती श्रेष्ठ, डा.नमिता सिङदेन सहभागि हुनुन्थ्यो भने एनेस्थेसियामा डा.मुकेश कुमार हुनुन्थ्यो ।

ओविलेनको औषधि खाईरहेको अवस्था भन्ने बुझिएको छ । उनको भिडियो एक्सरे गर्दा ४ वटा बच्चा देखिएको भएपनि सिएस गर्दा पाँचवटा बच्चा भएको पाईयो । केही दिन देखि भर्ना भै सिएसको तयारी अवस्थामा राखिएको र सोमबार विहान सिएसका माध्यमबाट सुत्केरी गराईएको बाल विभागका प्रमुख बालरोग विशेषज्ञ डा कल्पना सुवेदीले बताउनुभयो ।

पाँचमध्ये एक शिशु पेटभित्रै मृत अवस्थामा रहेको पाईएको पनि उहाँले जानकारी गराउनुभयो । जीवित ४ नवजात शिशुलाई बालरोग विशेषज्ञ डा.श्रद्धा श्रेष्ठको निगरानीमा एनआइसियुमा राखिएको छ । चारै शिशुको अवस्था सामान्य रहेकोछ ।

जिवितै जन्मिएका ४ शिशुमध्ये पहिलो शिशुको तौल १ दशमल्म ८ किलोग्राम, दोस्रो ९ सय ग्राम, तेस्रो १ दशमल्भ ९ किलोग्राम चौथो १ दशमल्भ ६ किलोग्राम रहेको छ । ३२ हप्तामा सुत्केरी हुनुभएकी सोमिकाको पोष्ट अप्रेटिभ कक्षमा अब्जरभेसनमा राखिएको भएपनि उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ । दोस्रो बच्चाको भने अन्य बच्चाको दाँजोमा तौल कमै भएको डा.सुवेदीले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्