उपत्यकामा आज ८०९ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार नाघ्यो


न्युज अफ नेपाल, काठमाडौं ।

आज काठमाडौं उपत्यकामा थप ८०९ जना कोरोना संक्रमित थपिएका छन् ।

यससँगै उपत्यकामा कोराना संक्रमितको संख्या २१ हजार ५०७ पुगेको छ । काठमाडौंमा ६३३, ललितपुरमा १०४ र भक्तपुरमा ७२ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

काठमाडौंमा १७ हजार ४८३ ललितपुरमा २ हजार ९९ र भक्तपुरमा १ हजार ९२५ संक्रमित पुगेका छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।