आज बस्ने भनिएको नेकपा सचिवालय बैठक स्थगित



न्युज अफ नेपाल, काठमाडौँ ।

आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सचिवालय बैठक स्थगित भएको छ ।

बैठक भोली १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

आइताबार पेरिसडाँडामा बसेको बैठकमा मन्त्रिपरिषद् पुनर्गठन, स्थायी कमिटी बैठकको निश्कर्ष, संवैधानिक निकायमा हुने राजनीतिक नियुक्तिका लागि सरकारलाई निर्णय गर्न आधार तयार पार्ने र सांगठनिक एकीकरणका बाँकी काम टुंग्याउने एजेन्डामा छलफल भएको थियो ।

आन्तरिक तयारीका लागि बैठक सारिएको हुन सक्ने बताइए पनि कारण भने खुलाइएको छैन ।

प्रतिक्रिया दिनुहोस्