डा. कोइराला डिस्चार्ज


काठमाडौं, (नेस)

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइराला अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमित हुनुभएका कोइराला केही दिनअघि स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि ओम अस्पताल भर्ना हुनुभएको थियो । उहाँ शनिबार अस्पतालबाट डिस्चार्ज हुनुभएको हो ।

उहाँले आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता व्यक्त गर्नेहरुप्रति आभार प्रकट गर्नुभएको छ । उहाँले स्वास्थ्यमा क्रमिक सुधार आएकाले डिस्चार्ज भएर घरमा नै आराम गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।