तस्बिरमा हेर्नुहोस् : यस्तो छ नेपाली रेल


काठमाडौं ।

रेलवे विभागले भारतसँग खरिद गरेको रेलको दुई सेट शुक्रवार नेपाल आइपुग्दै छ ।

आज नेपाल आइपुग्ने रेलको तस्बिरहरु रेल विभागका महानिर्देशक बलराम मिश्रले सार्वजनिक गरेका छन् । रेल नेपालको राष्ट्रिय झण्डाको रंग रातो र निलोसँग मिलाइएको छ ।

एउटा इन्जिन र चार वटा बोगीसहितको दुई सेट रेल शुक्रवार अपराह्नसम्म जनकपुर आइपुग्ने रेलवे विभागले जनाएको छ ।

नेपालका लागि दुई सेट रेल खरिद गर्न रेल विभागले भारतको सरकारी रेलवे कम्पनी कोंकण रेलवेज कर्पोरेसन लिमिटेडसँग गत वर्षको वैशाख २६ मा खरिद सम्झौता गरेको थियो ।

६ वर्षअघि २०७१ सालदेखि रेल सेवा बन्द रहेकोमा अब फेरि सञ्चालन हुनेछ ।

आवश्यक कानुन बनाएर दसैँ(तिहारपछि रेल सञ्चालनमा ल्याउने विभागले जनाएको छ । भारतीय सरकारी कम्पनी कोनकान कम्पनीमार्फत रेल सेट खरिद गरिएको हो ।

ट्रायलका लागि शुक्रवार जनकपुर आएर फर्किने रेल एक महिनाभित्रै नियमित सेवा दिन थाल्ने रेलवेका अधिकारीहरूले बताएका छन् ।

आज नेपाल भित्रिने रेल हाल जयनगर–जनकपुर र कुर्था रुटमै सञ्चालन हुनेछ ।

रेल सञ्चालनका लागि रेलवे विभागले प्राविधिकसहित १ सय २९ जना कर्मचारी भर्नाका लागि रेलवेले सूचना प्रकाशन गरी सकेको छ ।

 

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।