अस्पतालबाट शशांकले भने: ‘दुई-तीन दिनमा डिस्चार्ज हुन्छु, चिन्ता नलिनुहोस्’ (भिडियोसहित)



न्युज अफ नेपाल, काठमाडौं ।

स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले आफू दुई तीन दिनमै निको भएर डिस्चार्ज हुने बताएका छन् ।

कोरोना संक्रमित उनको स्वास्थ्यमा समस्या देखिएपछि चाबहिलस्थित ओम नर्सिङ होमको आइसोलेसनमा कक्षामा भर्ना गरिएको थियो । आज अस्पतालबाटै एक भिडियो सार्वजनिक गर्दै उनले शुभचिन्तकहरुलाई समेत चिन्तित नहुन आग्रह गरेका छन् ।

‘म कोभिड १९ बाट प्रभावित भएको व्यक्ति। आज म ओम नर्सिङ होमको आइसोलेसनमा छु। तपाईहरुले चिन्ता गर्नुपर्दैन, म दुई तीन दिनमा डिस्चार्ज हुन्छु’ उनले भिडियोमा भनेका छन् ।

गत भदौ २३ गते कोरोना संक्रमण पुुष्टि भएपछि कोइराला आफ्नै निजी निवासमा आइसोलेसनमा बसेका थिए । उच्च ज्वरो आएपछि उलाई यही मंगलबार ओम अस्पताल भर्ना गरिएको थियो । हाल उनको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले जनाएका छन ।

प्रतिक्रिया दिनुहोस्