मरेपछि कोरोना पुष्टी, अस्पतालको लार्पवाहीले संक्रमण फैलने आशंका


मोतीराम तिमल्सिना, काभ्रे ।

भुम्लु गाउँपालिका वडा नम्वर ८ स्थित डुम्रेघाटकी ७४ बर्षीया महिलाको निधन भएको पाँच दिन पछि कोरोना संक्रमणको रिपोर्ट पोजेटिभ देखिए पछि उपचारमा संलग्न अस्पतालको लार्पवाहि भएको भन्दै जिल्ला स्थित संकट ब्यवस्थापन केन्द्रले मापदण्ड पालना गर्न निर्देशन दिएको छ ।

भदौ २४ गते ७४ बर्षिया महिलालाई पेट र कम्मरका साथै भोमिट भएकाले बनेपा स्थित शिर मेमोरियल अस्पताल ल्याईएको थियो । अस्पतालमा पाईला समेत नराखेकी महिलाको उपचारको क्रममा भदौ २५ गते निधन भयो । अस्पतालले निशुल्क कोरोनाको परिक्षण गर्ने भन्दै स्वाब निकाल्यो तर शव आफन्तको जिम्मा लगाई दियो । आफन्तहरुले शव जिम्मा लिएर गाउँ फर्किए । धर्म सस्कृति अनुसार काजकिरिया गरे ।

अन्त्येष्टीमा ६०÷७० जना ब्यक्तिहरु सहभागि भएका थिए । भौतिक उपस्थितीको सामाजिक दुरी कायम राख्ने प्रयास भए पनि मृतकको शव जलाउने कार्यमा सहभागिहरु जोखिममा परेको निश्कर्ष भदौ २९ गते मात्रै जानकारी भयो । भदौ २९ गते प्रादेशिक ल्यावले उहाँमा कोरोना रहेको पुष्टी गरे पनि अस्पतालले २९ गतेसम्म सम्वन्धित परिवारलाई जानकारी नगराएको आफन्तको गुनासो छ ।

अस्पतालका डा. अरुण गुप्ताले बनेपा ठेगाना राखेर स्वाव परिक्षण गरिएकाले बनेपाकै कोरोना संक्रमण पछि सम्पर्क ब्यक्ति पहिचान गर्ने समुहलाई जानकारी गराएको जानकारी दिए । कोरोना परिक्षणका लागि स्वाव लिएको ब्यक्तिको शव ब्यवस्थापनमा अस्पतालले सामान्य मापदण्ड समेत पुरा गरेको नदेखिएकाले स्पस्एिटकरण सहित थप निर्देशन दिने निर्णय गरेको कोभिड १९ नियन्त्रण, ब्यवस्थापन तथा रोकथाम समितिका सदस्य सचिव तथा स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले बताउनु भयो ।

ब्यक्तिको निधन भई सकेपछि कोरोना देखिएकाले थप त्रास फैलिएको भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले बताउनु भयो । अस्पतालको लार्पवाहिका कारण संक्रमण फैलन सक्ने भएकाले सचेत र सजग रहन अध्यक्ष कुँवरले अनुरोध गर्नु भएको छ ।

अस्पताललाई गाउँपालिका अध्यक्ष, जिल्ला संकट ब्यवस्थापन केन्द्र र नागरिकहरुले कोभिड १९ नियन्त्रण गर्ने सन्र्दभमा गरेको त्रुटीका बारेमा प्रश्न तेस्र्याएका छन् । ‘ मृतक महिलाको कोरोनाको नमुना परिक्षण किन गरेको ?, परिक्षणको लागि नमुना प्रदेश जनस्वास्थ्य प्रयोगशालामा पठाए पछी मृतकको शब किन परिबारलाई हस्तान्तरण गरिएको ? एक दिन पनि रिपोर्ट कुर्न किन नसकेको ?,

नमुना संकलन गरेपछि रिपोर्ट नआउन्जेल कुर्नुपर्छ भन्ने अस्पताल संचालकलाई थाहा नभएको कि भएर पनि अटेर गरेका ?, अस्पतालको गल्तिले मलामी गएका व्यक्तिमा संक्रमणको जोखिम देखियो भने त्यसको जिम्मेवारी लिने कि नलिने ?, संघिय सरकार ,प्रदेश सरकार र स्थानीय सरकार ले गर्ने सजाय स्वीकार गर्ने कि नगर्ने ?’ जस्ता प्रश्न उठेका छन् ।

महामारीका बेला जनस्वास्थ्यको बिषयमा अस्पतालले गरेको गल्तिले सर्वसाधारणलाई त्रसित बनाएकाले तत्काल सुधार गर्न निर्देशन दिईएको छ । संघिय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला ,प्रदेश जनस्वास्थ्य प्रयोगशालाको पुर्ब स्वीकृति, अनुमति नलीकन नै सःशुल्क १ हजार ५ सय भन्दा धेरै जनाको पिसिआर परिक्षण गरेकाले त्यस्तो परिक्षण गर्दा अनुमति लिनु पर्ने कि न र्ने ?

अस्पताललाई स्पस्टिकरणमा सोधिएको छ । अस्पतालले रकम लिएर स्वाव परिक्षणका लागि अन्यत्र पठाउने गरेको थियो । यस अघि पनि पनौती निवासी ९ बर्षे बालकको आकस्मिक शल्यक्रिया गर्दा कोरोनाको नमुना परिक्षण गरेको थियो । परिक्षणको लागि नमुना अन्य अस्पतालमा पठाएपछी उनलाई घर पठाएको भोलिपल्टै बालकमा कोरोना संक्रमण देखिएको थियो ।

जिल्ला संकट ब्यवस्थापन केन्द्रले दिएको निर्देशन समेत अस्पतालले पटक पटक उलघन गरेको भन्दै अस्पतालको आलोचना गरिएको छ । संघिय सरकारको निर्देशन बमोजिम प्रत्येक अस्पतालले कम्तिमा २ सय ५ आईसोलेसन बेड ब्यबस्थापन गरि अस्पताल संचालन गर्नु पर्नेमा शिर मेमोरियलमा ५ बेड मात्रै रहेको बताईएको छ । अस्पतालका डा. अरुण गुप्ताले मापदण्ड पालना गर्न प्रतिवद्ध रहेको भए पनि केहि त्रुटी भएको स्विकार्नु भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।