थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या ५३ हजार १२० पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

आज थप १ हजार २०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो सहित नेपालमा कोरोना संक्रमित हुनेको संख्या ५३ हजार १२० जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जनाएका छन् । पछिल्लो २४ घन्टामा थप ८५२ जना डिस्चाजै भएसँगै संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५५४ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २६० छ। ९ हजार १०७ जना संस्थागत आइसोलेसनमा छन् भने ६ हजार १५३ होम आइसोलेसनमा छन्।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।