भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु, चितवनमा मृतकको संख्या १४ पुग्यो


न्युज अफ नेपाल, काठमाडौँ ।

भरतपुर अस्पतालमा उपचाररत एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

चितवनको राप्ती नगरपालिका–५ बस्ने ६१ वर्षीय पुरुषको बेलुका ७ बजे मृत्यु भएको अस्पतालले जानकारी दिएको छ । उच्च ज्वोरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसियूमा भर्ना चएका उनमा भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका थियो । भेन्टिलेटर कक्षमा उपचाररत उनमा निमोनिया समेत देखिएको थियो ।

यससँगै कोरोना संक्रमणबाट चितवनमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।