काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष स्थायी कमिटी बैठकमा पेश हुने प्रस्तावको गृहकार्य गर्न छलफलमा जुटेका छन।
प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलमा लागि अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधवार विहान बालुवाटार पुगेका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाकाअनुसार प्रधानमन्त्री ओलीसँग भेटका लागि प्रचण्ड प्रचण्ड विहान ११ः३० बजे बालुवाटार पुगेका थिए ।
स्थायी कमिटीको बैठक शुक्रबार २६ गतेका लागि तय गरिएकाले दुई अध्यक्षले बैठकको प्रस्ताव तयारीबारे छलफल गरिरहेका छन् ।
प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाकाअनुसार कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदन र त्यसमा परिमार्जन गरिनुपर्ने विषय समेतमा दुई अध्यक्षबीच छलफल भइरहेको छ ।
महासचिव विष्णुप्रसाद पौडेल संयोजकत्वको ६ सदस्यीय कार्यदलले आठ दिन लगाएर १६ पृष्ठको प्रतिवेदन बुझाएको थियो ।
कार्यदल गठन र त्यसले बुझाएको प्रतिवेदनले पार्टीभित्र देखिएको आन्तरिक विवाद साम्य भएको थियो ।











प्रतिक्रिया