लन्डन, (एजेन्सी)
स्पेनी ला लिगा विजेता टोली रियल म्याड्रिडका मिडफिल्डर जेम्स रोड्रीग्वेज इंग्लिस प्रिमियर क्लब एभर्टनमा अनुबन्धित भएका छन् ।
एभर्टनले कोलम्बियाका २९ वर्षीय रोड्रीग्वेजलाई २ वर्षको लागि २० मिलियन युरोमा अनुबन्ध गरेको हो । एभर्टनमा अनुबन्ध भएसँगै रोड्रीग्वेजले आफ्नो करियरमा नयाँ चुनौती थपिएको बताएका छन् । उनले भने—‘राम्रो सुरुवात गर्न चहान्छु, खुसी र उत्सुक छु । महत्वाकांक्षा लिएर आएको यस क्लबमा समर्पण र प्रतिबद्धता पुरा गर्नेछु,’ ।
सन् २०१४ को ब्राजिल विश्वकपमा गोल्डेन बूट जितेका रोड्रीग्वेजलाई रियलले फ्रान्सेली क्लब मोनाकोबाट ६३ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । उनी त्यसपछि २०१७ मा बायर्न म्युनिखमा ऋणमा अनुबन्ध भएका थिए । दुई सिजन ऋणमा बायर्नमा बिताएपछि उनी गत सिजनमा रियल फर्किएका थिए । तर उनले १४ खेलमा मात्रै खेल्न पाएका थिए ।











प्रतिक्रिया