नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जना पक्राउ


न्युज अफ नेपाल, काठमाडौं ।

नक्कली प्रेस कार्ड छापेर बिक्री गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

बागबजारमा रहेको कालिका प्रिन्टका तीन जनालाई महानगरीय अपराध महाशाखाको टोलीले सोमबार नियन्त्रणमा लिएको हो । उनीहरुले पाँच सय देखि कही हजारसम्म लिएर कार्ड बिक्री गरेको खुलेको छ ।

सो पसलबाट प्रहरीले नक्कली कार्ड बनाउन प्रयोग हुने कागजपत्र तथा ३० वटा नक्कली कार्ड समेत बरामद गरेको छ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।