नुवाकोट च्याम्पियन



काठमाडौं, (नेस)
नेपाल मार्सल आर्ट्स हाप्किडो संघको व्यवस्थापन तथा नुवाकोट जिल्ला मार्सल आर्ट्स हाप्किडो संघको आयोजनामा भएको प्रथम राष्ट्रिय भर्चुअल सेल्फ (डिफेन्स हाप्किडो च्याम्पियनसिपमा आयोजक टोली नै च्याम्पियन भएको छ।
शनिबार सम्पन्न भएको प्रतिस्पर्धामा नुवाकोटका चार खेलाडीले स्वर्ण जितेका छन्। समीर गुरुङ, दिनेश गुरुङ, निमेष गुरुङ र मनराज गुरुङले आयोजक नुवाकोटलाई च्याम्पियन बनाएका हुन्। दाङको टोली दोस्रो तथा तेस्रो कास्की भएको छ। दाङका चेतन वली र गोपाल बिके, कास्कीका कृतिका गिरी र अन्जना परियारले स्वर्ण जितेका छन्।
प्रतियोगितामा स्वर्ण जित्ने खेलाडीले जनही १० हजार प्राप्त गरेको आयोजकका अध्यक्ष मनोज गुरुङले जानकारी दिए। यस्तै, रजत जित्ने खेलाडीले ७ हजार पाँच सय र कांस्य पदक जित्ने खेलाडीले ५ हजार प्राप्त गरेको गुरुङले बताएका छन्। सहभागी सबै खेलाडीले प्रमाणपत्र र मेडल प्राप्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस्