फुड बैंकलाई साइक्लिङ संघद्वारा सहयोग



हेटौंडा, (नेस)
हेटौंडाको फुड बैंकलाई सहयोग जुट्ने क्रम जारी रहँदा मकवानपुर जिल्ला साइक्लिङ संघले खाद्यान्न सामग्री सहयोग गरेको छ।

मदन भण्डारी फाउनडेसन मकवानपुरले सञ्चालन गरेको फुड बैंकलाई संघले करिब १५ हजार मूल्य बराबरको चामल, दाल, नुन र तेल खाद्यान्न सहयोग गरेको हो।

कोरोना संक्रमणका कारण दैनिक गुजारा टार्नसमेत समस्या भएकाका लागि सञ्चालनमा आएको फुड बैंकलाई जिल्ला संघका पदाधिकारी तथा सदस्यले व्यक्तिगत रूपमा रकम संकलन गरी सहयोग गरेको अध्यक्ष संगीत श्रेष्ठले बताएका छन्।

मकवानपुर जिल्ला साइक्लिङ संघका कार्यसमितिको उपस्थितिमा फाउन्डेसन अध्यक्ष रघुनाथ खुलाललाई खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो। कार्यक्रममा मकवानपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सानु लामा, संघ र प्रतिष्ठानका अध्यक्षलगायत पदाधिकारी तथा सदस्यको उपस्थिति थियो ।

‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियानसहित शुरू भएको फुड बैंक हेटौंडा उपमहानगरपालिका–४ को कपुर कम्प्लेक्स परिसरमा छ।

प्रतिक्रिया दिनुहोस्