डोजाङ प्रमुखको कोरोना बीमा



काठमाडौं, (नेस)
काठमाडौं जिल्ला तेक्वान्दो संघले काठमाडौंमा रहेका विभिन्न तेक्वान्दो डोजाङका प्रमुखहरूको कोरोना बीमा गरिदिएको छ ।
कुल १ सय ३ जनाको कोरोना बीमा गरिदिएको संघका अध्यक्ष अशोक खड्काले बताएका छन्। बीमा सेप्टेम्बर १५ देखि लागू भई एक वर्षसम्म कायम रहनेछ। सबैको जनही ५० हजारका दरले बीमा गरिएको अध्यक्ष खड्काले उल्लेख गरेका छन्। हात्तीसारस्थित एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरूको बीमा गरिएको हो।
बीमाका लागि आवश्यक पर्ने ५० प्रतिशत रकम संघ आफैले व्यवस्थापन गरेको हो भने बाँकी ५० प्रतिशत सगरमाथा तेक्वान्दो डोजाङ र लन्डनका प्रशिक्षक धिरज गुरुङले प्रायोजन गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्