कडा सुरक्षाबीच तानियो मत्स्येन्द्रनाथको रथ (फाेटाेफिचर/भिडियो)



काठमाडौं । ललितपुरमा केही दिन अघि भएको झडपपछि रोकिएको रातो मच्छिन्द्रनाथको रथ तान्ने कार्यक्रम सुरु भएको छ । आइतबार रथ तान्ने कार्यक्रम सुरु भएको हो । रथयात्राका क्रममा सम्भावित खतरालाई मध्यनजर गर्दै स्थानीय प्रशासनले विशेष सुरक्षा कार्यक्रम लागू गरेको छ ।

केही दिनअघि रथ तान्ने क्रममा प्रहरी र स्थानीयवासीबीच झडप भएको थियो । सोही कारण स्थानीय प्रशासनले भदौ १९ गते कफ्र्यू आदेश जारी गरेको थियो ।

कोरोना महामारी र संक्रमणकोे जोखिमका कारण यसवर्ष पहिले जसरी नगर परिक्रमा नगराइने भएको हो। पुल्चोकस्थित रथ रहेको स्थानबाट करिव १५ मिटर अगाडि सारिएको थियो।

यसअघि गत बिहीबार स्थानीयले प्रशासनको अनुमतिबिनै रथ तान्न थालेपछि प्रहरीसँग झडप भएको थियो। प्रहरीले रथ तान्न रोक लगाउने क्रममा स्थानीय र प्रहरीबीच झडप भएको थियो।

त्यस क्रममा चार प्रहरी र केही स्थानीय घाइते भएका थिए। प्रहरीमाथि कुटपिट गर्ने स्थानीयलाई पक्राउ गरेर शान्तिविरुद्धको कसुरमा मुद्दा अगाडि बढाइएको छ।

तस्वीर/भिडियाेः उजाेल डंगाेल

     

 

प्रतिक्रिया दिनुहोस्