संघद्वारा फुड बैंकलाई सहयोग



काठमाडौं, (नेस)

नेपाली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले गोदावरी नगरपालिका–११ मा सञ्चालित फुड बैंकलाई सहयोग गरेको छ।

विश्वभरि फैलिएको कोरोना भाइरसको महामारीले गर्दा भौकै परेका व्यक्तिलाई खाद्यान्न सहयोग गर्न फुड बैंक सञ्चालित भएको हो।

बुधबार संघले दैनिक ज्याला मजदुरी गरेर खाने २ सय जनालाई खाद्यान्न सहयोग गरेको संघका अध्यक्ष दीपक श्रेष्ठले बताए। संघले प्रतिव्यक्ति २ केजी चामल, १ केजी दाल, नुन र तेल सामग्री उपलब्ध गराएको थियो।

प्रतिक्रिया दिनुहोस्