थाई नरेशकी पत्नी जेलसजाय पछि रिहा



बैंकक । थाइल्यान्डका नरेशले आफ्नी पत्नीलाई एक बर्षको जेल सजायपछि रिहा गरिदिएका छन । रिहा भएको लगत्तै उनलाई जर्मनी स्थित आफ्नो रंगमहलमा समावेश हुन पठाइएको छ ।
राम दशम नामले पनि चिनिने थाइ नरेश महा बाजिरालोंगकोर्नले दक्षिणी जर्मनीको अल्पाइन होटललाई आफनो आश्रय स्थल बनाएको छ । उक्त होटललाई अब थाइ नरेशको महलका रुपमा सजाइएको छ । नरेश महाले होटलको चौथो तल्ला बुक गरेको जर्मनी अखबार बिल्डले जनाएको छ । यस होटलमा राजाले क्रिडा तथा आनन्दका लागि एक विशेष मनोरन्जन कक्ष बनाउन लगाएका छन । उक्त कक्षमा राजा २० यौन सैन्यसँग मनोरन्जन लिप्त हुने गरेको दावी गरिएको छ ।
राजा महा बाजिरालोंगकोर्नले ३५ बर्षीया सिननेत वोंगबाजिरापाकडीसँग विवाह गरेका थिए । सिननेत पहिला नर्स थिइन र पछि थाई सेनामा हेलिकप्टर पाइलट बनेकी थिइन् । पाइलटको सेवामा रहेको तीन महिना पनि नपुग्दै राजाले उनलाई विवाहको प्रस्ताव राखेका थिए । त्यसपछि उनीहरुको विवाह भएको थियो । यद्यपी उनीहरुको विवाह धेरै दिनसम्म टिक्न सकेन र अनबनका कारण राजाले उनलाई बन्दी बनाउन आदेश दिएका थिए । राजा बाजिरालोंगकोर्नको यसअघि पनि तीन विवाह भइसकेको छ, जसबाट उनका ७ सन्तान छन् । उनको तीनै पत्नीसँग सम्बन्ध विच्छेद भइसकेको छ ।
थाइ नरेससँग ३० अर्ब डलर भन्दा धेरै सम्पती रहेको एक रिपोर्टले जनाएको छ । विलासीपुर्ण जीवन यापन गर्दै आइरहेका नरेशले विदेश यात्राका क्रममा प्रसस्त पैसा खर्च गर्दै आइरहेका छन । नरेशले जर्मनीको उक्त होटलमा रहेको आफनो रंगमहललाई थाइल्यान्डबाट झिकाइएका सुन तथा चाँदीका बहुमुल्य बस्तुहरुबाट सजाएका छन । नरेश महाका सेक्स सोल्जर्सलाई सैन्य युनिटका रुपमा जम्मा गरिएको हो । यसलाई एसएएस पनि भन्ने गरिन्छ । यो बेलायतको विशेष बल जस्तै हो जसको लक्ष्य जित्नु हो । यी सेक्स सोल्जर्सको तह पनि हुने गरेका छ, जुन एस००१ बाट सुरु भएर एस०२० सम्म हुने गर्छ । यिनीहरुलाई मेजर जस्ता उपाधि पनि दिने गरिन्छ । राजालाई राजनितिक छुट छ, त्यसैले उनको कुनै काममा जर्मन सरकारले कुनै हस्तक्षेप नगरेको बताइन्छ ।
नरेश महा गत मार्च महिना देखि नै जर्मनीको एक होटलमा अलग बस्दै आइरहेका छन् । जर्मनीको उक्त होटल ग्य्रान्डको चौथो तल्लामा राजा रामका लागि एक विशेष रंगमहल अर्थात मनोरन्जन कक्ष बनाइएको छ । सोही कक्षमा नरेश २० सेक्स सोल्जरसँग आलिशान जिन्दगी विताइरहेका छन् । यी बाहेक नरेश महाले आफुसँगै कयौं नोकर पनि लिएर गएका छन् । यसका लागि उनले डिस्ट्रिक काउन्सिलको विशेष अनुमति पनि लिएका छन् ।
थाइल्यान्डमा नरेशको आलोचना गनेलाई १५ बर्षको जेल सजायको प्रावधान छ । यसका बावजुद लोकतन्त्र समर्थक जनता नरेश विरुद्ध सडकमा ओलिरहेका छन् । थाइल्यान्डमा सन् १९३२ देखि नै संवैधानिक राजतन्त्र लागू छ । नरेश महा कोरोना महामारीबीच विदेशमा छुट्टि मनाइरहेकोमा जनता असन्तुष्ट छन् । थाइल्यान्डमा ह्वाइ डु वी निड किंगको ह्यासट्याग लोकप्रिय भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्