भेट्रान्सले दियो संक्रमितका लागि भाँडाकुँडा



हेटौंडा, (नेस)
हेटौंडा–६ स्थित गौरीटारको खेलाडी आवास क्षेत्रमा स्थापित आइसोलेसन वार्डमा रहेका कोरोना संक्रमितका लागि हेटांैडा भेट्रान्स र मकवानपुरे समाज काठमाडौंले भाँडाकँुडा सहयोग गरेको छ।
हेटांैडा उपमहानगरपालिका मेयर हरिबहादुर महतलाई सयजना संक्रमितका लागि पुग्ने थाल, कचौरा, चम्चा, प्लेटलगायत भाँडाकँुडाका सेट हस्तान्तरण गरिएको हो। भाँडा हस्तान्तरण गर्दै मेयर महतले हेटांैडा भेट्रान्स र मकवानपुरे समाज काठमाडौंलाई आभार व्यक्त गरेका छन्।
उनले खेल क्षेत्रमा रहेका खेलाडीबाट आपत्कालमा खेलिएको भूमिका उल्लेख्य रहेको बताएका छन्। हेटौंडा भेट्रान्सका अध्यक्ष दीपक बज्राचार्यले सामाजिक कार्यमा आफूहरू सक्रिय हुँदै आएको बताउँदै आगामी दिनमा पनि सहयोग गरिने बताएका छन्।
आइसोलेसन वार्डमा सहयोग गर्न पाउँदा आफूहरूलाई निकै खुसी लागेको बताउँदै मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुणकुमार गुरुङले थप सहयोगका लागि आफूहरूको तयारी भइरहेको समेत बताएका छन्।
सामाजिक दूरी कायम राख्दै गरिएको भाँडाकुँडा हस्तान्तरणमा हेटौंडा भेट्रान्सका उपाध्यक्ष नवराज बज्राचार्यलगायत खेलाडी तथा पदाधिकारीको सहभागिता थियो।

प्रतिक्रिया दिनुहोस्