ओस्कार सेभियामा



मेड्रिड, (एजेन्सी)
स्पेनिस महारथी क्लब रियल मेड्रिडका मिडफिल्डर ओस्कार रोड्रिगुएज अर्को स्पेनिस क्लब सेभियामा अनुबन्ध भएका छन्।

सेभियाले ओस्कारलाई पाँच वर्षका लागि १३ दशमलव ५ मिलियन युरोमा सम्झौता गरेको हो। उक्त रकमको ७५ प्रतिशत ओस्कारले तथा २५ प्रतिशत रियलले पाउने भएको छ। त्यसबाहेक रियलले थप १ दशमलव ५ मिलियन युरो पनि पाउने सम्भावना रहेको छ।

२२ वर्षे ओस्कार एकेडेमीको उत्पादन हुन्। उनले पछिल्लो दुई सिजन लोनमा लेगानेसमा बिताएका थिए। जहाँ उनले ६४ खेलमा १३ गोल गरेका छन्। यस सिजन युरोपा च्याम्पियन्स लिगको उपाधि जितेको सेभिया अर्को सिजनको च्याम्पियन्स लिगका लागि छनोट भएको छ। ओस्कार स्पेनको सिनियर टिममा पनि परेका छन्। उनले स्पेनको यु १६, १७ र १९ टिमबाट पनि खेलेका छन्।

प्रतिक्रिया दिनुहोस्