पहिलो अन्तर्राष्ट्रिय पदक विजेतालाई कोरोना



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाललाई पहिलो अन्तराष्ट्रिय पदक दिलाएका खेलाडी जीतबहादुर केसीमा कोरोना पोजेटिभ देखिएको छ ।

उनको स्वास्थ्यमा समस्या देखिएपछि उपचार गर्दा कोरोना पोजेटिभ देखिएको हो । दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्‍याएका उनको पिसिआर परिक्षण गर्दा कोरोना संक्रमण देखिएको हो । अहिले उनको अवस्था सामान्य रहेको र घरमै आइसोसेलनमा रहेका छन् ।

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथ्लेटिक्स च्याम्पियनसिपमा कांस्य पद जितेका थिए । काठमाडौं महानगरपालिका १४ घर भएका केसी परिवारसँगै बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्