रुसले बनायो कोरोनाबिरुद्ध अर्को खोप



मस्को (एजेन्सी)

रुसले अर्को कोरोना भाइरसबिरुद्ध खोप विकसित गर्न सफलता प्राप्त गरेको छ । यो एपीभ्याककोरोना खोपमा पहिलाको जस्तो कुनै साइड इफेक्ट नहुने बताइएको छ । यसअघि रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले स्पुटनिक भी नामको कोरोना भाइरस खोप बनाउनु घोषणा गरेको थियो । यद्यपी यस खोपको कयौं साइड इफेक्टलाई लिएर रुसको कडा आलोचना भएको थियो ।

रुसले यो नयाँ खोपको नाम एपीभ्याककोरोना दिएको छ । यस खोपलाई पनि विज्ञहरुबाट आसंका उठाउन सकिने बताइएको छ । यसअघि विश्वस्वास्थ्य संगठनले कुनै पनि कोरोना खोप सन् २०२१ अघि आउन नसक्ने बताएको थियो । रुसले एपीभ्याककोरोना खोपको निर्माण साइबेरियामा सोभियत संघ कालिन एक पुर्व अति गोप्य जैविक हतियार केन्द्रमा गरिरहेको छ ।

रुसको यो नयाँ कोरोना भाइरस खोपको क्लिनिकल परीक्षण सेप्टेम्बरमा पुरा भएको वैज्ञानिकहरुले बताएका छन् । जसमा ५७ जनामा यो खोप दिइएको थियो र उनीहरुमा कुनै साइड इफेक्ट देखिएको थिएन । सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको उनीहरुले बताए । उनीहरुलाई २३ दिन सम्म अस्पतालमा राखिएको थियो ता कि उनीहरुको परीक्षण गर्न सकुन् ।

समाचार एजेन्सी इन्टरफ्याक्सले भनेको छ – सबै स्वयंसेवकहरुले राम्रो महसुस गरिरहेको छ । कुनै प्रकारको दुष्प्रभाव अहिलेसम्म पाइएको छैन ।स्वयंसेवकहरुलाई १४ देखि २१ दिन भित्र दुई पटक नयाँ खोपको डोज दिइएको थियो । यो खापको दर्ता अक्टोबरमा गर्न सकिने र नोभेम्बरमा उत्पादन शुरु हुने रुसले अपेक्षा गरेको छ ।यो खोपलाई वेक्टर स्टेट रिसर्च सेन्ट अफ वायरोलोजी एन्ड बायोटेक्नोलोजीले तयार गरेको हो ।

यो प्रयोगशाला विश्वको ती दुई स्थान मध्यमा पर्छ जहाँ चमरोको भाइरस राख्न अनुमति छ । अर्को स्थान भनेको अमेरिका हो ।रुसको कोरोना खोप विमसित गरेको दावीलाई लिएर शुरु देखि नै विवाद उठिसकेको छ । अमेरिका, जर्मनी जस्ता राष्ट्रले मस्को खोप स्पुतनिक भीमाथि आशंका ब्यक्त गरिरहेको छ ।

विश्व स्वास्थ्य संगठन डब्ल्युएचओले पनि रुससँग खोपको आवश्यक डाटा तथा प्रमाण माग गरेको थियो । विशेषज्ञका अनुसार जबसम्म तेस्रो चरणको डाटामा काम हुँदैन खोप सुरक्षित मान्न सकिँदैन । यसबीच रुसले २० देशबाट ठुलो परिमाणमा अर्डर प्राप्त भइसकेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्