विश्वभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ८ लाख नाघ्यो



काठमाडौँ।

कोरोना भाइरस महामारी सुरू भएको ८ महिना भइसक्दा यसबाट विश्वभर ८ लाख मानिसकै ज्यान गइसकेको छ । यो समाचार तयार पार्दासम्म विश्वभर ८ लाख २ हजार ३७२ जनाको भाइरस संक्रमणकै कारण मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टा (बिहीबार) मात्र विश्वरभर कोरोना संक्रमणका कारण ५ हजार ८३४ मानिसको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा बढी अमेरिका र ब्राजिलमा तथा त्यसपछि भारत र मेक्सिकोमा कोरोनाका कारण मानिसहरू मरेका छन् ।

बिहीबार संयुक्त राज्य अमेरिकामा कोरोना संक्रमणबाट १ हजार १७० जनाको ज्यान गएको छ । यससँगै त्यहाँ अहिलेसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ७९ हजार २०० पुगेको छ । अमेरिकामा बिहीबार ५० हजार ४५५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५७ लाख ९६ हजार ७२७ पुगेको छ । त्यहाँ हालसम्म ३१ लाख २७ हजारभन्दा बढी मानिसचाहिँ संक्रमणमुक्त भइसकेका छन् ।

यसैगरी ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोनाबाट १ हजार ३१ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या १ लाख १३ हजार ४५४ पुगेको छ । बिहीबार त्यहाँ ३१ हजार ३९१ जना नयाँ संक्रमित थपिएका छन् । ब्राजिलमा अहिलेसम्म ३५ लाख ३६ हजार मानिस संक्रमित भएकोमा २६ लाख ७० हजारभन्दा निको भइसकेका छन् भने बाँकी ७ लाख ५२ हजारबढी सक्रिय संक्रमित रहेका छन् ।

उता भारतमा पनि बिहीबार कोरोनाबाट ९५३ जनाको ज्यान गएको छ । यससँगै त्यहाँ कुल मृतक संख्या ५५ हजार ९२८ रहेको छ भने कुल संक्रमित संख्या २९ लाख ७३ हजार ३६८ पुगेको छ । त्यहाँ बिहीबार मात्र ६९ हजार ३९ नयाँ संक्रमित थपिएका छन् । यसैगरी मेक्सिकोमा बिहीबार कोरोनाबाट ६२५ जनाको ज्यान गएको छ । त्यहाँ हालसम्म कुल मृतक संख्या ५९ हजार १०६ पुगेको छ । बिहीबार त्यहाँ ६ हजार ७७५ नयाँ संक्रमित थपिएसँगै कुल संक्रमित संख्या ५ लाख ४३ हजार ८०६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्