कोरोना रोकथाम तथा नियन्त्रणमा १२ अर्ब खर्च, कहाँ कति ?



न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणमा सरकारले ११ अर्ब ९८ करोड ३१ लाख ८० हजार रुपैयाँ खर्च भएको विवरण पेश गरेको छ ।

सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सो रकम साउन अन्तिमसम्म खर्च भएको बताएका छन् । जसमध्ये संघीय सरकारमा ५ अर्ब ८५ करोड, प्रदेश सरकारमा १ अर्ब ३ करोड र स्थानीय तहहरुमा ६ अर्ब २ करोड रुपैयाँ खर्च भएको जनाइएको छ ।

यस्तै, स्वास्थ्य तथा जनसंख्या मान्त्रालयले २ खर्ब १७ करोड, रक्षा मन्त्रालयले २ अर्ब ३७ करोड, गृह मन्त्रालयले २० करोड ८३ लाख, परराष्ट्र मन्त्रालयले ६ लाख, पर्यटन मन्त्रालयल ४ करोड ४९ लाख, सहरी विकास मन्त्रालयले १ करोड २९ लाख, कोभिड कोषको अन्य खर्च अन्तर्गत १ अर्ब ३ करोड रुपैयाँ रहेको खतिवडाले जानकारी दिए।

प्रदेश १ ले २० करोड ७१ लाख, प्रदेश २ ले १७ करोड २ लाख, बागमती प्रदेशले १३ करोड ६७ लाख, गण्डकी प्रदेशले १४ करोड ५४ लाख, प्रदेश ५ ले १० करोड ५९ लाख, कर्णाली प्रदेशले २६ करोड २६ लाख र सुदूरपश्चिम प्रदेशले ४२ करोड ४८ लाख खर्च गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्