धुलिखेल अस्पतालका बिरामी र नर्ससहित १० जनामा कोरोना संक्रमण, ओपीडी सेवा बन्द



भगवती तिमल्सिना/मोतिराम तिमल्सिना, काभ्रे । 

धुलिखेल अस्पतालमा विहिवार एक जना बिरामी सहित १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमण पुष्टि हुनेमा मंगलबार कोराना संक्रमण पुष्टि भै धुलिखेल अस्पतालमै आइसोलेसनमा उपचार गराईरहेका ९८ बर्षका बृद्धकी १ बुहारी, १ नर्स, अर्का १ जना दमक घर भै धुलिखेल अस्पतालमै पित्त थैलीको अप्रेशनका लागि भर्ना भएका बिरामी र अस्पतालको अगाडि होलट व्यवसाय गर्दै आएका १ व्यवसायीका साथ ६ जना संघीय प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

अस्पतालको नर्स सहित बिरामी, बिरामीका आफन्त लगायतलाई कोरोना संक्रमण भए लगतै धुलिखेल अस्पतालको आकस्मिक बाहेकका सम्पूर्ण सेवा अर्को निर्णय नभए सम्मका लागि बन्द गरिएको अस्पताल स्रोतले जनाएको छ । अस्पताल वरपर व्यापार व्यवसाय गर्नेहरुलाई पनि घरमै बस्न् आग्रह गर्ने तयारी गर्दै छन् । धुलिखेल नगरपालिकामा संक्रमृत बृद्धाको घर धुलेखेल बजारमै भएकाले सिल गर्ने बिषयमा छलफल जारी छ । साथै अस्पतालमा पनि थप व्यवस्थापनका लागि छलफल जारी रहेको स्रोतले जनाएको छ ।

संक्रमित बृद्ध परिवारका सदस्यहरुले अस्पताल लगायत समुदायका धेरै व्यक्तिसँग भेटघाट गरेका पाईएकाले कन्ट्रयाक ट्रेसिङ जारी रहेको अस्पतालले जनाएको छ । संक्रमित प्रहरीहरुका साथ अन्य थप प्रहरी पनि बस्दै आएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्