आज थप ४ जना कोरोना संक्रमितको मृत्यु,देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ८० पुग्यो



न्युज अफ नेपाल,काठमाडौं ।

सोमबार थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । दुई जनाको मृत्यु भईसकेपछि कोरोना पुष्टि भएको छ भने दुई जना संक्रमितको उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

आज बानेश्वरका १ जना ७६ बर्षीय बृद्ध र किर्तीपुरका अर्का ६४ बर्षीय पुरुषको मृत्यु भएको हो । यस्तै आईतबार मृत्यु भएकी बीरगञ्जकी ४५ बर्षीय महिला र शनिबार मृत्यु भएका धनुषाका ४५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्