काठमाडौं उपत्यका कोरोनाको ‘हब’ बन्ने खतरा : संक्रमितको संंख्या ११३० पुग्यो


न्युज अफ नेपाल,काठमाडौं ।

काठमाडौं उपत्यकामा हालसम्म ११३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । काठमाडौं जिल्लामा ९०६ जना,ललितपुरमा १३८ जना र भक्तपुरमा ८६ जना कोरोना संक्रमित रहेका छन् । आईतबार संक्रमण पुष्टि भएका ९२ जना समेत जोडेर ११३० जना कोरोना संक्रमित पुगेका हुन् ।

आईतबार काठमाडौं जिल्लामा ९० जना र ललितपुरमा थप २ जनालाई कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

कोरोना संक्रमितको संख्या  उपत्यकामा दैनिक बृद्धि भईरहेको छ । यससंगै उपत्यकाको अवस्था जटिल बन्दै गएको छ । बाक्लो जनघनत्व भएको शहरी क्षेत्र भएका कारण पनि उपत्यकामा समुदायमा संक्रमण फैलिने खतरा बढेको छ । यससंगै उपत्यकाका ३ ओटै जिल्ला प्रशासन कार्यालयले आईतबारदेखि १५ दिनसम्म सटडाउनको निर्णय गरेका छन् ।

भने सवारी साधनहरुमा पनि जोरबिजोर प्रणली लागू गरिएको छ । राती ९ बजेदेखि बिहान ५ बजेसम्म अत्यावश्यक बाहेकका सवारी चलाउन निषेध गरिएका छन् ।

यो पनि…

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।