नेपालमा अहिंसात्मक आन्दोलन



नेपालमा अहिंसात्मक आन्दोलनको प्रारम्भ कुन विन्दुबाट थालियो, अनुसन्धानको विषय छ । तर जतिपनि ठूला र सफल आन्दोलन नेपालमा भए र जसले मुलुकको व्यवस्था र पद्धति फेर्ने काम ग¥यो, त्यसमा अहिंसात्मक आन्दोलनकै हात छ । कुनै बेला नेपाली कांग्रेस रतत्कालीन नेपाल कम्युनिष्ट पार्टी (कोआर्डिनेसन कमिटी) जो पछि माले हुँदै नेकपा भए, ले हतियार उठाएर संघर्ष सुरु गरेपनि पछि निर्णायक आन्दोलनका लागि अहिंसात्मक आन्दोलनकै बाटो समाउनुप¥यो । अरु त अरु, तत्कालीन नेकपा माओवादीले एक दशक लामो रक्तपातपूर्ण सशस्त्र विद्रोह गरेपनि अन्य दलसँग मिलेर शान्तिपूर्ण आन्दोलनमै उत्रिएपछि परिवर्तन सम्भव भयो । गौतमबुद्धको यस जन्मभूमिमा सधैं अहिंसात्मक आन्दोलनले नै जीत हासिल ग¥यो ।

नेपालमा अहिले ‘इनफ इज इनफ’ नामको जो आन्दोलन चलिरहेको छ, अहिंसात्मक आन्दोलनको पछिल्लो दृष्टान्त बनेर पनि यसले जीत हातपार्न सकेको छैन । कोरोनाभाइरसले मुलुक आक्रान्त बनेका बेलामा त कम्तीमा आम नागरिकप्रति जिम्मेवार बनेर प्रस्तुत होऊ, खर्च पारदर्शी गर, इमान्दारीका साथ जनतासमक्ष प्रस्तुत होऊ, भ्रष्टाचार नगर, कुर्सी मोहका फोहोरी खेल कम्तीमा यस बेलामा नखेल भन्ने नै यस अहिंसात्मक आन्दोलनको माग देखिन्छ ।

अहिले आमरण अनसनमा रहेका सत्याग्रही अस्पतालमा पुगेको सबैलाई अवगत नै छ । आन्दोलनकारीलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलगायतका दलले आन्दोलनको क्षेत्रमै गएर ऐक्यवद्धता जनाएका छन्, विवेकशील, साझा पार्टीआदि आन्दोलनकारीका साथ काँधमा काँध मिलाएर हिंडेको देखिन्छ । गत जेठ २९ गते प्रधानमन्त्री निवास क्षेत्रमा विरोध प्रदर्शन गर्ने क्रममा आन्दोलनकारी युवाहरुमाथि जुन प्रकारको प्रहरी दमन भयो, त्यसकै कारण आन्दोलनले विस्तारित रुप ग्रहण ग¥यो, आन्दोलनले जनसमर्थन पनि पायो ।

सत्ताधारी दल नेकपाकै नेता–कार्यकर्ताहरुले समेत सत्याग्रहीले उठाएको माग जायज हो भन्न बाध्य हुनुप¥यो । तर, सरकार भने यस शान्तिपूर्ण आन्दोलनको विरोधमा उभिएको छ । प्रहरी दमन र धरपकड निरन्तर देखिन्छ । विगतमा नेपालमा भएका जतिपनि अहिंसात्मक आन्दोलनहरु छन्, ती सबै आम नागरिकको समर्थनपछि नै सफल बनेका हुन् । नेपाल पछाडि पर्नुमा भ्रष्टाचार वा अपारदर्शिता नै मुख्य कारक रहेको र संघीय लोकतान्त्रिक गणतन्त्रको सफलता पनि भ्रष्टाचारमुक्त व्यवस्थाविना सम्भव नभएकाले यसकै वरिपरि केन्द्रित हुनसके सत्याग्रहले सफलता हासिल गर्नेछ ।

बुद्धले बालेको अहिंसात्मक आन्दोलनको दीप र छिमेकी मुलुक भारतमा जन्मिएका नेता महात्मा गान्धीले चलाएको अभियान, मार्टिन लुथर किङ्ग, नेल्सन मण्डेला आदिले विश्वव्यापी बनाएको सत्याग्रह वास्तवमै नेपालका लागि परिवर्तनको आधार हुनुपर्छ । मधेशका महेन्द्रनारायण निधि हुन् वा काठमाडौंका तुलसीमेयर श्रेष्ठ, यी सबैले गान्धीवादी आन्दोलनलाई आदर्श बनाए । उनीहरुको बाटोमा हिंड्दा नै लोकतन्त्रलाई बलियो बनाउन सकिनेछ ।

‘इनफ इज इनफ’ ले पनि ढिलो–चाँडो व्यापक जनसमर्थन पाउने छ । तर, यसले सरकार मात्र होइन आम राजनीति दललाई आर्थिक पारदर्शी बनाउने व्यापक लक्ष्यका साथ मोर्चाबन्दी गर्नुपर्छ । छिमेकी भारतमा अन्ना हजारेको ‘भ्रष्टाचार छोडो’ आन्दोलनले जसरी सफलता हासिल ग¥यो त्योभन्दा ठूलो सफलताले यस आन्दोलनलाई पर्खिरहेको देख्नसकिन्छ ।

प्रतिक्रिया दिनुहोस्