क्वारेन्टिनमा आत्महत्या गरेका ब्यक्तिमा कोरोना सक्रमण देखियो



बर्दिया । बर्दियाको क्वारेन्टाइनमा बसेका बेला आत्महत्या गरेका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । अछाम घर भएका ४३ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

अछाम घर भएका ती व्यक्ति भारतबाट साउन ९ गते बर्दियाको भुरिगाउँस्थित आफन्तकहाँ आएका थिए । ती आफन्तले क्वारेन्टाइन बस्नुपर्छ भनेपछि उनी त्यहाँबाट हिँडेका थिए । उनलाई बाटोमा अचेत अवस्थामा फेला पारेपछि ठाकुरबाबा नगरपालिकाले क्वारेन्टाइनमा राखेको थियो ।

आइतबार राति आफूले ओछ्याउने तन्नाको पासो लगाई उनले झुन्डिएर आत्महत्या गरेको जिल्ला प्रहरीले जानकारी दिएकाे छ ।  उनको स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकोमा सोमबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएको हाे ।

प्रतिक्रिया दिनुहोस्