प्रहरी प्रधान कार्यालयका थप १९ जनामा कोरोना संक्रमणको आशंका



 

काठमाडौं । नेपाल प्रहरीको मुख्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १९ जना प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।

नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता निरजबहादुर शाहीले ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनिहरुको सम्पर्कमा रहेका अन्य १९ जना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
‘कोरोना संक्रमणको पुष्टि भएपछि हामीले उच्च सर्तकता अपनाएका छौं– शाहीले भने

प्रहरी प्रधान कार्यालय नक्सालको सवारी चालक शाखामा कार्यरत प्रहरीबाट संक्रमण फैलिएको हुनसक्ने भन्दै उनिसंगको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि ‘कन्ट्राक्ट ट्रेसिङ, भैरहेको उनले जानकारी दिए ।

हाल सम्म कोरोना संक्रमण नियन्त्रणकालागि खटिएका झन्डै ३ सय सुरक्षाकर्मीलाई कोरोना संक्रमणको पुष्टि भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्