कक्षा ११ को परीक्षा विद्यालय बाटै

मार्कसिट विद्यालयबाटै, आज कार्यविधि सार्वजनिक हुदै



ईश्वरराज ढकाल, काठमाडौं ।

राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को परीक्षा लिने सम्पुर्ण अधिकार विद्यालयलाई नै दिने भएको छ । बोर्डले सो अधिकार सहितको कार्यविधि आज सार्वजनिक गर्ने छ ।कार्यविधिमा कक्षा ११ को परीक्षा सञ्चालन र व्वयस्थापन गर्न विद्यालयका प्रधान अध्यापकको संयोजकत्वमा वरिष्ठ शिक्षक र विषय शिक्षक रहेको तीन सदस्यीय समिति गठन गर्ने भएको छ । बोर्डले कक्षा १० को परीक्षाका लागि पनि सोही व्यवस्था गरेको थियो ।

बोर्डले कक्षा ११ को परीक्षाको अनुगमन गर्ने अधिकार आफ्नो मातहतमा राखेको छ । अब कक्षा ११ को परीक्षा लिने र लब्धाङक प्रमाणपत्र दिने अधिकार विद्यालयलाई नै दिइएको छ–बोर्डका उच्चस्रोतले न्युज अफ नेपालसंग भन्यो । कक्षा ११ कोप्रयोगात्मक परीक्षा समेत विद्यालयलेनै लिने भएको छ । अब कक्षा १२ को मात्र बोर्डले लिनेछ ।

यसअघि बोर्डले ट्रान्सक्रिफ्ट बनाउँदा कक्षा ११ र १२ को ग्रेडलाई समेट्ने गरेको । अब कक्षा १२ को मात्र ग्रेड राखेर ट्रान्सक्रिफ्ट वितरण हुनेछ । कार्यविधिमा गत वर्षको पुरक परीक्षाको सम्परीक्षण गर्ने अधिकार बोर्डले लिएको छ । बोर्डको आज ४ बजे बस्ने बैठकले कार्यविधि पारित गरी सार्वजनिक गर्ने तयारी गरेको छ ।

अब कक्षा ११ को परीक्षा ९ कक्षाकै जस्तो विद्यालयबाटै सञ्चालन हुने, विद्यालयबाटै लब्धाङकपत्र दिइनेछ । बोर्डले केही दिनअघि सबै सदस्यलाई ड्राफ्ट उपलब्ध गराइसकेको छ । सोको आधारमा छलफल गरी आजै पारित हुनेछ–स्रोतले भन्यो ।कार्यविधि पारित भएसंगै सबै विद्यालयलाई कक्षा ११ को परीक्षा लिने बाटो खुल्नेछ । ११ को कार्यविधि पारित भएपछि कक्षा १२ को परीक्षाको तालिका सार्वजनिक गर्ने गृहकार्य शुरु गर्नेछ । त्यसको लागि विज्ञ र सरोकारवाला निकायसंग छलफल गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्