पहिरो खस्दा चिनियाँको मृत्यु



लमजुङ, (नेस)

लमजुङको मस्र्याङ्दी गाउँपालिका–६ नाइचेंमा पहिरो खस्दा ढुङ्गाले लागेर एक चिनियाँ नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

मृत्यु हुनेमा न्यादी जलविद्युतु आयोजनाका ट्रक चालक ४३ वर्षीय लु ज्याङ रहेका छन् भने घाइते ३१ वर्षीया उ बाउछीं न्यादी जलविद्युत् आयोजनाका इन्जिनियर हुन् ।

बिहीवार बिहान निर्माणाधीन ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाको काम गर्न जाँदै गर्दा पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेलाई भने थप उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्