नेपालमा कोरोना संक्रमणबाट थप एकको मृत्यु


न्युज अफ नेपाल, बाँके ।

नेपालमा कोरोना संक्रमणबाट बाँकेकी एक महिलाको मृत्यु भएको छ । नेपालगञ्ज मेडिकल कलेजमा उपचारत ४६ वर्षीय ती महिलाको सोमवार बेलुका मृत्यु भएको थियो । उनको मंगलबार रिपोर्ट पोजेटिभ देखिएको हो ।

जिल्लाको बैजनाथ गाउँपालिका ६ की उनको आइसोलेसनमा उपचार भइरहेको थियो । उनी जेठ ३० गते अस्पताल भर्ना भएकी थिइन् । बाँकेमा यस अघि जेठ ४ गते पनि २५ वर्षका युवाको कोरोनाबाट मृत्यु भएको थियो ।
नेपालमा योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।