ब्वाइज युनियन र स्थानीय बासीद्वारा सरसफाई



  • न्युज अफ नेपाल, काठमाडौं

सानो टुँडिखेलबाट दशरथ रंगशाला, त्रिपुरेश्वर जाने बाटोतिर भ¥याङ रहेको छ । त्यहाँ आवतजावत गर्ने धेरै छन् । तर कसैलाई त्यहाँ फोहोरको वास्ता छैन । भ¥याङका खुड्किलोमा निकै फोहोर भइरहेको थियो । नाक थुनेर हिँडनुपर्ने अवस्था थियो । शनिबार ब्वाइज युनियन र त्रिपुरेश्वरबासीहरुले त्यहाँ सरसफाई गरेका छन् ।

ब्वाइज युनियन क्लब नेपालको एक चर्चित फुटबल क्लब हो । ए डिभिजनमा समेत खेलिसकेको ब्वाइज युनियन क्लब हाल बी डिभिजनमा रहेको छ । कोरोनाभाइरसको कारण हाल बी डिभिजन लिग बीचैमा स्थगित भएको छ ।

प्रतिक्रिया दिनुहोस्