प्रहरी प्रमुखलाई महान्यायाधीवक्ताको ३ बुँदे निर्देशन


  • न्युज अफ नेपाल, काठमाडौं

महान्यायाधीवक्ता अग्निप्रसाद खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुर प्रसाद ज्ञवालीलाई विभिन्न तीन बुँदे निर्देशन दिनुभएको छ । मुलुकी फौजदारी कार्यविधि संहिताअनुसार पीडित पक्षको संरक्षणको सन्दर्भमा महान्यायाधीवक्ता खरेलले मंगलमा निर्देशन दिनुभएको हो ।

‘पीडित घाइतेहरुलाई संरक्षण एवम् सुरक्षाको प्रवन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय परामर्श उपलब्ध गराउन, मृतकका परिवारलाई सुरक्षाको प्रवन्धका अतिरिक्त चिकित्सकीय, मनोवैज्ञानिक र मनोचिकित्सकीय सेवा तथा परामर्श उपलब्ध गराउन’ महान्याधिवक्ताबाट निर्देशन दिएका छ, महान्यायाधिवक्ता कार्यालयको अधिकारीले भने ।

निर्देशनमा पीडित घाइतेलाई औषधि उपचारलगायत कामको लागि अन्तरिम क्षतिपूर्ति दिनुपर्ने भएमा सोको लागि आवश्यक कार्य गर्न समेत भनिएको छ ।

मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १४४ को उपदफा (४) ले कुनै खास कसूरबाट पीडित व्यक्तिले आफूलाई पक्षबाट अनुचित डर, त्रास वा भय हुन सक्ने वा आफ्नो जिउज्यानको सुरक्षामा प्रतिकूल असर पर्न सक्ने सूचना प्रहरीलाई दिएमा प्रहरीले त्यस्ता पीडितको संरक्षण गरिदिनुपर्नेछ भन्ने व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।