म्यानमारको सैन्य विमान २६ नेपाली लिएर आयाे (फाेटाेफिचर)


न्युज अफ नेपाल, काठमाडौँ ।

कोरोना संक्रमणका कारण म्यानमार अप्ठ्यारोमा परेका २६ जना नेपाली लिएर आज म्यानमारको सैन्य विमान काठमाडौँ आएकाे छ ।

सोही बिमानमा नेपालमा रहेका २६ जना म्यानमारका नागरिकलाई लिएर विमान काठमाडौँबाट म्यानमारका लागि आजै फर्कने कार्यतालिका रहेको स्रोतले जनाएको छ ।

सरकारको पहलमा विदेशमा रहेका नेपालीहरुलाई लकडाउनपछि उद्धार गरेको दोस्रो चारण हो । पहिलो चरणमा चीनको वुहानबाट नेपाली विद्यार्थीहरुलाई नेपाल एयरलाइन्सबाट उद्धार गरिएको थियो । यो उद्धार कार्य म्यानमार सरकार र नेपाली दूतावासको पहलमा भएको हो ।

भिडियाेः उजाेल डंगाेल

तस्वीरः उजाेल डंगाेल

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।