शान्ति मिसनमा खटिएका ३ सैनिकमा कोरोना संक्रमण


न्युज अफ नेपाल,काठमाडौं ।

संयुक्त राष्ट्र संघ (यूएन) को शान्ति मिसनमा खटिएका ३ जना नेपाली सैनिकमा कोरोना संक्रमण पुष्टि भएको छ ।शान्ति मिसनअन्तर्गत मालीमा खटिएका २ र सुडानमा खटिएका १ जनामा कोरोना संक्रमण भएको नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डे बताए ।

संक्रमण भएका सैनिकको दर्जा भने सेनाले केही खुलाएको छैन ।यसअघि नेपालमा कार्यरत नेपाली सेनाका मेजरसहित ४ जनामा कोरोना संक्रमण भएको थियो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।