थप ९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६७ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

नेपालमा थप ९ जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

काठमाडौं सतुंगलका ७ वर्षीय बालक, वीरगञ्का ९ र १० वर्षीय बालक तथा २३ र ४७ वर्षीया महिलामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । दाङमा पहिलोपटक कोरोना संक्रमित भेटिएका छन् । गढवाका दुई र तुलसीपुरका एक गरी तीन जना पुरुषमा कोरोना संक्रमण भेटिएको हो । यस्तै, उदयपुर त्रियुगा नागरपालिकाका २५ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।

यससँगै नेपालमा संक्रमितको संख्या २६७ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।