वीरगञ्जमा भेटिएका ३९ कोरोना संक्रमितमध्ये चार पत्रकार


न्युज अफ नेपाल, वीरगञ्ज ।

वीरगञ्जमा भेटिएका ३९ जना कोरोना संक्रमितमध्ये चार जना पत्रकार भएको पाइएको छ । लकडाउनको समयमा पनि पत्रकारहरु फिल्ड रिपोर्टिङमा खटिएका छन् । नारायणी अस्पतालका चिकित्सकले संक्रमित पत्रकारको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएका छन् ।

पर्सामा ३९, कपिलवस्तुमा ८, रुपन्देहीमा ९ र बारामा १ गरी आजमात्रै ५७ जना संक्रमित भेटिएका छन् । यससँगै नेपालमा संक्रमितको संख्या १ सय ९१ पुगेको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।