नेकपाको स्थायी कमिटी बैठक अनिश्चित, वालुवाटारमा चर्काचर्की


मधुसूदन रायमाझी,काठमाडौं ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीभित्रको विवाद फेरि उत्कर्षमा पुगेको छ । स्थायी कमिटीको एजेण्ड तय गर्न बसेको सचिवालयको बैठकमा नेताहरुबीच चर्काचर्की भएपछि भोलीको लागि बोलाइएको स्थायी कमिटीको बैठक अनिश्चित भएको हो ।

सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड– एवं वरिष्ठ नेता माधव कुमार नेपालबीच चर्काचर्की भएको सचिवालयका एक सदस्यले बताए । उनका अनुसार एक व्यक्ति एक पदको एजेण्डा पारित गर्ने विषयमा असन्तुष्टि जनाउदै सचिवालय बैठक जारी रहेकै बेला प्रधानमन्त्री ओली उठेर हिडेका थिए ।

नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटीको बैठकमा एजेण्ड तय गर्न अध्यक्षद्धयबीच गृहकार्य नपुगेकाले सचिवालयको बैठकले निर्णय गर्न नसकेको जानकारी दिनुभयो । उहाँका अनुसार अहिले प्रधानमन्त्री निवास वालुवाटारमा अध्यक्षद्धयबीच छलफल भइरहेको छ । प्रधानमन्त्री ओलीले कार्यव्यस्तता र शारीरिक कारण देखाए बैठकबाट बाहिरिएको प्रवक्ता श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।