न्युज अफ नेपाल, कैलाली ।
एम्बुलेन्स र मोटरसाइकल ठोक्किँदा सशस्त्र प्रहरीका एक सहायक हवल्दारको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय गोरख ऐर रहेको प्रहरीले जनाएको छ ।
पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका ९ शंकरपुरमा पश्चिमबाट पूर्व तर्फ गईरहेको से १ च १८२८ नम्वरको ओमसाई अस्पतालको एम्बुलेन्स र पूर्वबाट पश्चिम तर्फ आईरहेको म २ प ५३०३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँएको हो । मृतक ऐर सशस्त्र प्रहरी बेस क्याम्प पहलमानपुरमा कार्यरत थिए ।
यस्तै, दुर्घटनामा परी मोटरसाइकल चालक घोडाघोडी नगरपालिका १० का २८ वर्षीय भरत बोहरा घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका–१० का एम्बुलेन्स चालक आशाराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।











प्रतिक्रिया