थप एक जनामा भेटियो कोरोना संक्रमण, संक्रमितको संख्या ६० पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

वीरगञ्जका एक जनामा कोरोना भाइरस संक्रमण भेटिएको छ ।

वीरगञ्ज महानगरपालिका ३ छपकैयाका ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ६० पुगेको छ ।

कोरोना शंकास्पद उनको शुक्रबार स्वाब संकलन गरिएको थियो । उक्त परीक्षणमा उनलाई कोरोना संक्रमण भएको देखिएको हो । संक्रमण पुष्टि भएका उनलाई नारायणी अस्पताल लगिएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।