महोत्तरीमा अज्ञात रोगका कारण मृत्यु हुनेको संख्या १२ पुग्यो


न्युज अफ नेपाल, काठमाडौं ।

अज्ञात रोगका कारण महोत्तरीमा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।

आइतबार बिहान भंगाहा ७ का ५८ वर्षीय रुपनारायण सिंह दनुवारको मृत्यु भएको प्रहरीले जनाएको छ । एक्कासी बिरामी भएका दनुवारको मृत्यु भएपछि स्थानीय त्रसीत बनेका छन् । शनिबार मात्रै बर्दिवास–१२ स्थित इँटाभट्टामा काम गर्ने ५५ वर्षीय भारतीय नागरिक मोतीलाल प्रजापति र भङ्गाहा–६ जमुनियाँका ४८ वर्षीय पलट साहको मृत्यु भएको थियो ।

हालसम्म मृत्यु भएका सबैमा एकै प्रकारको लक्ष्ण देखिएको छ । स्थानीयका अनुसार बिरामीलाई पेट दुख्ने बान्ता हुने, झाडापखला लाग्ने र अन्तिममा मृत्यु हुने लक्ष्ण देखिएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाबाट आएको चिकित्सकहरुको टोलीले घटनास्थल पुगेर अध्ययन गरिरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।