भारतबाट फर्किएका एक वृद्धको बाटोमै मृत्यु


न्युज अफ नेपाल, बैतडी ।

झुलाघाट सीमा नाकाबाट उद्दार गरी नेपाल ल्याइएका एक नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा बैतडीको पुर्चौंडी नगरपालिका ६ मनकालीका ६७ वर्षीय जुने लुहार रहेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान क्वारेन्टाइनमा लैजाँदै गरिएका उनको मृत्यु भएको हो । उपचारका लागि एक महिनाअघि भारतको पिथौरागढ पुगेका लुहार लकडाउनका कारण उतै थुनिएका थिए । नाका खुलेपछि घर फर्किैएका उनको एक्कासी हिड्दा हिड्दै मृत्यु भएको प्रहरीले बतायो ।

मृतकको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि धनगढी पठाउने तयारी भइरहेको चिकित्सकले जनाएका छन् । उनीसँगै आएका अन्यलाई छुट्टै क्वारेन्टाइनमा राखिने भएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।