नेकपाले बोलायो सचिवालयको आकास्मिक बैठक


मधुसूदन रायमाझी,काठमाडौं ।

सत्तारुढ दल नेकपाले सचिवालयको आकस्मिक बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले ५ बजेका लागी बैठक बोलाइएको छ । मन्त्रिपरिषद्ले राजनीतिक दलसम्बन्धी कानूनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरे लगतै नेकपाभित्र तरंग पैदा भएको हो ।

सचिवालय बैठकको लागी उपाध्यक्ष वामदेव गौतम, रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगिसकेका छन् । नेकपाका अध्यक्ष पुष्पकमल दाहालले वैठकअघि स्थायि समिति सदस्य वर्षमान पुनसहितका नेताहरुसंग छलफल गरेका छन् । उता वरिष्ठ नेता माधव नेपालले समेत आफु निकटसंग छलफल गरेका छन् ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।